फाइल फाेटाे

मकवानपुर– कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा त्यसको राेकथाम तथा नियन्त्रणका लागि कोभिड–१९ संकट व्यावस्थापन केन्द्र (DCCMC) मकवानपुरले विभिन्न निर्णय गरेको छ । सोमबार कोडि–१९ को नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यावस्थापन केन्द्रको बैठकले विभिन्न निर्णय गरेको हो ।
बैठकले हेटौंडामा संचालन हुने सम्मूर्ण शिक्षण संस्थाहरुमा भौतिक रुपमा उपस्थित भएर हुने पठनपाठन बन्द गर्ने, परीक्षाहरु सबै स्थगित गर्ने, हेटौंडा–१०, स्थित बसपार्कको तरकारी बजार, माछा बजार र खोपेगल्लीको तरकारी बजार भोलिबाट बिहान ४ बजेदेखि ८ बजेसम्म मात्रै खुल्नेलगायतका निर्णय गरेको छ । यस्तै कोभिड–१९ पिसिआरको दायरा बढाउन हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रलाई आग्रह गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयलाई स्वाब परीक्षण गर्न स्याम्पल एक्सट्रयाक्टर को व्यवस्थापन मिलाइदिन सामाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ । यसैगरी होटेल, रेष्टुरेन्ट, रिसोर्टहरुमा विवाह, ब्रतबन्ध, बर्थडे जस्ता भीडभाड हुने सबै खालको कार्यक्रममा रोक लगाइने भएको छ । हेटौंडा बजारको सडकमा हुने व्यापार, फुटपाथको सबै व्यापार बन्द गरिनेछ । यसैगरी जिल्लामा भएका पुराना आइसोलेसन सेन्टरहरु पुनः स्थानीय तहले संचालन गर्ने लगायतको निर्णय बैठकले गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकरी भरतमणी पाण्डेले बताउनुभयो ।यस्तो छ, कोभिड– संकट व्यवस्थापन केन्द्र मकवानपुरले सोमबार गरेका निर्णय