हेटौंडा । जिल्ला प्रशासन मकवानपुरले विभिन्न समूहले जिल्लामा अनुगमनको नाममा अवाञ्छित गतिविधि गरेको भन्दै उक्त कार्य नगर्न चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्र देव पाण्डेले पछिल्लो समय विभिन्न समूहबाट सेवा सुधारको नाममा सरकारी कार्यालय,अस्पताल,विद्यालय आदिमा प्रवेश गरेर अवाञ्छित गतिविधि गरेको र सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै सवारी रोक्ने,चाँबी खोस्ने लगाएतको गतिविधि गर्ने,गराउने परिपाटी विस्तार हुँदै गएको पाईएको भन्दै उक्त कार्य नगर्न चेतावनी दिएका हुन् । प्रजिअ पाण्डेले कही गुनासा भए प्रचलित कानूनले तोकेको विधि अनुरुपको प्रकिया अबलम्बन गर्न र गराउन आग्रह गरेका छन् । उनले सूचनामा सूचनाको बर्खिलाप हुने गरी कुनै पनि गतिविधि संचालन गरे,गराईएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत जनाएका छन् ।
यस्तो छ सूचनाः

May be an image of text