हेटौंडा । नेकपा एमाले मकवानपुरले यहि साउन १० गते मंगलबार महंगी,बढ्दो भ्रष्टाचार लगायतका मुद्दा उठाएर हेटौंडा बजारमा विरोध प्रदर्शन गर्ने भएको छ । आज हेटौंडा स्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरले उक्त जानकारी दिएको हो ।
यसैगरि,स्थानीय तहहरुमा राजीतिक आस्थाको आधारमा करारका कर्मचारीहरु निकालिएको भन्दै उक्त गलत निर्णय सच्याउन स्थानीय तहहरुलाई आग्रह गर्ने समेत निर्णय गरेको जानकारी दिएको छ । एमाले मकवानपुरको अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एंव बागमती ईन्चार्ज काशीनाथ अधिकारी,केन्द्रीय सदस्य रामेश्वर राना लगाएतको सहभागिता रहेको थियो ।











