मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरले फाउण्डेशनका सदस्य पारस पाठकको सदस्यता कायम रहने निर्णय गरेको छ । गत असार २१ गते बसेकाे फाउण्डेशनकाे बैठकले २० जनाको सदस्यता खारेज गर्ने निर्णय गरेको मध्ये राजाराम बोगटी हुनु पर्नेमा पारस पाठकको नाम भुलबस परेकाले उक्त निर्णय सच्याएको हो ।
अघिल्लो बैठकबाट पाठकसहित २० जनाको सदस्यता खारेज गरेको मध्ये राजाराम बोगटीको सदस्यता खारेज हुनु पर्नेमा पाठकको सदस्यता भुलबस खारेज भएको हुँदा असार २७ गते बसेको बैठकले निर्णय सच्याउँदै पाठककाे सदस्यता कायम गर्ने र बोगटीको सदस्यता खारेज गर्ने निर्णय गरेको फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । यस्तै असार २७ गते बसेको बैठकले फाउण्डेशनकाे नाममा खाता सञ्चालन गर्ने, कृषि विकास बैंकमा रहेको दुईवटा खाता मध्ये एउटा खाता बन्द गर्ने, फाउण्डेशनमा सदस्य हुनका लागि प्रवेश शुल्क एकसय र सदस्यता शुल्क पाँच सय तथा आजिवन सदस्यताका लागि ५ हजार एक सय रुपैया दस्तुर तोक्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
यस्तै अघिल्लो बैठकले श्रावण महिनामा “सामाजिक आर्थिक रुपान्तरणमा जबज र मदन भण्डारीको योगदान” विचार गोष्टीको आयोजना गर्ने निर्णय गरेकोमा उक्त विषयमा थप छलफल भएको छ । भने फाउण्डेशन मार्फत विभिन्न संघ संस्थको सहयोगमा कार्यक्रम गर्न संस्थाको प्रतिनिधिको रुपमा संस्थाका उपाध्यक्ष आशाकाजी श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।