मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको श्रीमित्र मिलन बहुउद्देश्यीय सहरकारी संस्थाको २० औं वार्षिक साधारण सभा शनिबार सम्पनन भएको छ । संस्थाका अध्यक्ष भोला प्रसाद शर्मा खरेलको सभाअध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै मेयर महतले सहकारी व्यवस्थित भएर सञ्चालन हुनु पर्ने बताउनुभयो । उहाँले सहकारीहरु स्थानीय तह मातहत रहेको भन्दै स्थानीय तह र सहकारी मिलेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभयो । सहकारीमा धेरै खालका समस्याहरु रहेको भन्दै मेयर महतले स्थानीय सरकारले समस्याको समाधान गर्दै सहकारीलाई व्यवस्थित बनाउनमा सहयोग गर्ने समेत बताउनुभएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाले एक वर्षको अवधिमा १६ लाख ३५ हजार ३९५ खुद नाफा गरेको छ । ९७ लाख ६ हजार ८ सय शेयरपुजी रहेको सहकारीमा ५ करोड २ लाख ५९ हजार ४५३ बचत संकलन भएको प्रतिवेदन उल्लेख गरिएको थियो । साधारण सभाका अवसरमा संस्थाका जेष्ठ शेयर सदस्यहरु तिलक प्रसाद बाँस्कोटा र मेनुकादेवी पुडासैनीलाई सम्मान गरिएको थियो ।

त्यस्तै असलऋणी तर्फ अमृता कुमारी विक र मञ्जुकुमारी देवी वचतकर्ता तर्फ विश्वराज अधिकारी र निर्मला शर्मालाई सम्मान गरिएको थियो । साथै एसईइ परिक्षामा उत्कृष्ट हुने निजीतर्फ एलिस थापा, अनुशा शिवाकोटी, कलश न्यौपाने र सामुदायिकतर्फ दिव्य गैरे, सुजाता नेपाल, मिङमा लामालाई नगद सहित पुरस्कृत गरिएको थियो । सहकारी संस्थाले विपन्न बालविकास संस्थालाई पनि सहयोग गरेको थियो । कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य राजेन्द्र वस्ताकोटी, युसेस साकोसका उपाध्यक्ष ह्याग्रीव आचार्य, लेखा समितिका संयोजक हरिप्रसाद रिजाल, सचिव भोगेन्द्र लुईटेल लगायतकाले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।