काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाको सिफारिसमा एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हीरा केसीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरूले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको थियो ।
पुनर्गठित मन्त्रीपरिषद्को नामावली