हेटौंडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले हेटौँडा उपमहानगरपालिकाको नगरसभामा राजनीतिक कुरा नहुने बताएकी छिन् । गणपुरक संख्या नपुगेर नगरसभा स्थागित गरेको जानकारी दिएपछि पत्रकारहरुसँग कुरा गर्दै मेयर लामाले एमालेले राखेको माग राजनीतिक रहेको र नगरसभामा राजनीतिक कुरा नहुने बताएकि हुन् ।
आफुहरु हेटौँडा बनाउने सवालमा मात्र सहमति र सहकार्यको साथमा अघि बढ्ने भन्दै मेयर लामाले राजनीतिक विषयमा नगर क्याविनेटमा कुनै छलफल नहुने अडान राखेकि हुन् । मेयरकै दम्भले नगरसभा हुन सकेन भन्ने विपक्षीको आरोप छ नि ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले भनिन् ‘म आज दिनभर सहमतिको पक्षमा थिए, मैले उहाँहरु एमाले र गठवन्धनकै शिर्ष नेताहरुसँग पनि संवाद अघि बढाएको थिए, तर उहाँहरुले मेयरको अधिकार कटौतीको विषयलाई मात्र जोड दिनुभयो ।’ हेटौँडाको जनतालाई बलियो बनाउने र हेटौँडालाई समृद्ध बनाउने विषयमा आफ्नो ध्यान रहेको उनको भनाई रहेको थियो । उनले आईतबार हुने नगरसभा सहमतिमा हुने विश्वास ब्यक्त गरिन् ।
खबरब्रेकबाट