हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको ८औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा कृषि तथा पशुपालन, पर्यटन, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकता दिईएको छ । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा बसेको गाउँसभामा १२ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले बताउनुभयो ।
नीति तथा कार्यक्रमको पूर्णपाठः