काठमाडौँ – विश्व फुटबल महासङ्घ -फिफा_ ले फिफा क्लब विश्वकप तोकेको मितिमा नै हुने जनाएको छ । आबुधावीमा अर्को महिना हुने भनिएको प्रतियोगिता यमन र युएईको राजनीतिक तनावका कारण शङ्काको घेरामा आएको थियो । तर फिफाले फेब्रुअरीमा हुने प्रतियोगिता हेरफेर नहुने जनाएको छ । यसमा प्रिमियर लिग तथा च्याम्पियन्स लिग विजेता चेल्सीले सहभागिता जनाउनेछ । प्रतियोगिता फेब्रुअरी तीन देखि १२ तारिखसम्म हुनेछ । सात टिमको सहभागिता रहने यो प्रतियोगिता आबुधावीको दुई वटा रङ्गशालामा हुनेछ ।