सुनचाँदीको भाउ आज बढेको छ । सुन तोलाको सात सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ति शुक्रवार सुन एकैदिन तोलामा पन्ध्र सय रुपैयाँले घटेर तोलाको ९३ हजार चार सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । अस्ति शुक्रवार ३५ रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।