हेटौंडा – आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गरी आव्हान गरिएको हेटौंडा उपमहानगरपालिकाको नगर सभाको बैठक सुरु हुन सकेको छैन । शुक्रबार बिहान १० बजेका लागि बोलाइएको बैठक दिउँसो १२ बजेसम्म सुरु हुन सकेको छैन । नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरू बैठकमा सहभागी नभएकाले बैठक सुरु हुन नसकेको हो । विधि र प्रक्रियाअनुसार नीति, कार्यक्रम तथा बजेट तयार हुन नसकेको भन्दै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले नीति तथा कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत गर्ने निर्णय गर्ने कार्यपालिका वैठक नै बहिष्कार गरेका थिए । नगर सभा सन्चालन गर्न जिल्लास्तरीय नेताबीच वार्ता समेत भइरहेको छ ।