प्रतिकात्मक तस्विर

मकवानपुर – मकवानपुर प्रहरीले बलात्कारको आरोपमा एकजनालाई पक्राउ गरेको छ । बलात्कारको आराेपमा प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई पक्राउ गरेको हो ।
प्रहरीले २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुम्बालाई आइतबार साँझ पक्राउ गरेको जनाएको छ । ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।