मकवानपुर – मकवानपुरमा गत असार १ गतेबाट रोकिएको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य आजबाट सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार (हिजाे) एक सूचना जारी गर्दै आजदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुचारु हुने जनाएको छ । असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर विवरण संकलन कार्य रोकिएको थियो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असार ६ गते ( आज ) देखि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुचारु हुने जानकारी गराएको हो ।