मकवानपुर – मकवानपुर प्रहरीले ५ किलो ३ सय ग्राम लागुऔषध गाँजासहित बिहिबार २ जनालाई पक्राउ गरेको छ । हेटौंडा–१५ स्थित पुर्वपश्चिम राजमार्गमा हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको ना १ ज १६७६ नम्बरको माइक्रो बसलाई प्रहरीले सुरक्षा जाँच गर्दा लागुऔषध फेलापारी २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ–५ का ४८ बर्षीय प्रेम बहादुर प्रजा र सोही ठाउँका २२ बर्षीय रविन्द्र प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । लागुऔषध गाँजासहित पक्राउ परेको २ जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।