मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) प्रमुख ललित बहादुर घलानले धान जोन व्यवस्थित रुपले सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरत हेटौंडा–१२ मा धान भण्डारण भवनको शिलान्यास गर्नुहुँदै उहाँले कृषि क्षेत्रको विकासका लागि परियोजना व्यवस्थित रुपमा सञ्चालन हुनु पर्ने बताउनुभयो ।
प्रमुख घलानले परियोजना मार्फत व्यवसायिक खेती प्रणली, सामुहि खेती प्रणलीको विकास भएको बताउनुभयो । उहाँले परियोजना मार्फत कृषकहरुमा व्यवसायिक खेती गर्ने अभ्यासको सुरुवाता, थोपा सिँचाई जडान, सन्तुलित मलखादको प्रयोग, कृषि यान्त्रीकरणमा टेवा पुग्नुकासाथै आत्मानिर्भर हुन सहयोग पुगेको बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धान जोन मकवानपुरले हेटौंडा–१२ मा भण्डारणका लागि ट्रष्ट भवन निर्माण गर्न लागेको हो । परियोजनाको कुल १२ लाख अनुदानमा निर्माण हुन लागेको ट्रष्ट भवनको प्रमुख घलानले शिलान्यास गर्नुभएको हो । हेटौंडा–१२ स्थित लोकतान्त्रिक कृषि सहकारी संस्था मार्फत परियोजनाले भण्डारण भवन निर्माण गर्न लागेको हो । कुल १५ टन क्षमताको ट्रष्ट भवन निर्माण निर्माण हुन लागेको हो । सहकारीका अध्यक्ष भगीरथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१२ का काबा वडाअध्यक्ष ज्ञान बहादुर श्रेष्ठलगायत स्थानीयको सहभागिता रहेको थियो ।