यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाईसेन्स) को वर्ग थपका लागि आवेदन खुलाएको छ । वर्ग थपको लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।
https://applydl.dotm.gov.np/login मा लगइन गरी फारम भर्न सकिने विभागले जनाएको छ । यसअघि विभागले नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । अब वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने विभागले जनाएको छ ।