file photo

मकवानपुर – हेटौंडामा शुक्रबार दिउँसो सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग स्थित हेटौंडा–३ तिनताप्केमा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मनहरीबाट हेटौंडातर्फ आउदै गरेको ना ५ च ३६२७ नम्बरको कुखुरा बोक्ने खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा हेटौंडा–६ चौघडा घर भएका ३३ बर्षीय गोपाल दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडी आफै अनियन्त्रीत भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।