अर्थमन्त्री जर्नादन शर्माले समान कामका लागि समान पारिश्रमिकको व्यवस्था गरिएके बताउनुभएको छ । संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै अथर्मन्त्रीले यस्तो जानकारी दिनुभएको हो ।
समान कामका लागि समान पारिश्रमिकको व्यवस्था गरिने छ । श्रम मन्त्रालयका लागि नौ अर्ब १३ करोड रकम विनियोजन, गरिब परिवारको पहिचना गरेर उनीहरुका लागि खाद्यसुरक्षा परिचयपत्रको व्यवस्था गरिने छ । मानव विकास सूचाङ्कमा पछि परेका परिवारलाई एकमुष्ट पाँच हजार रुपियाँ उपलब्ध गराइने छ । सामुदायिक वन विकास कार्यक्रम अन्तर्गत स्थानीय वनजन्य वस्तुको माग गर्नुको साथै रोजगारीका कार्यक्रम सञ्चालन गरिने छ । प्रदेशसँगको सहकार्यमा वृक्षरोपण गर्न एक करोड विरुवा वितरण गरिनेछ । भूमिहीन, दलित, सुकुम्बारी, राउटे, मुसहर र डोमको कृषिलगायत साना उद्योग सञ्चालनका लागि पाँच प्रतिशत ब्याजमा कर्जा दिइनेछ ।