हेटौँडा – स्थानीय तह निर्वाचन अन्र्तगत हेटौँडा उपमहानगरपालिकामा पहिलो पटक महिलाले वडाध्यक्षमा जित हासिल गरेकि छिन् । हेटौँडा–११ मा एमालेको तर्फबट जुना दाहालले जित दर्ता गरेकि हुन् । एमालेबाट उम्मेद्वार बनेकि दाहाल हेटौँडाको सन्र्दभमा एक मात्र महिला वडाध्यक्ष हुन् । उनले गठवन्धनको तर्फबाट माओवादी उम्मेद्वारलाई पराजित गरेकि हुन् ।









