मकवानपुर – बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शुक्रबार राती सम्पन्न मतगणना अनुसार मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट (एकिकृत समाजबादी) की मिना कुमारी लामा र उपमेयरमा (नेपाली काग्रेस) का राजेश बानियाँ विजयी हुनु भएको हो ।
उपमहानगरको मेयरमा गठबन्धनकी लामा २३ हजार ७५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्धन्दी नेकपा एमालेका अनन्त प्रसाद पौडेलले २० हजार ९०८ र राप्रपाका दीपक बहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपप्रमुखमा गठबन्धन (नेपाली काग्रेस) का बानीया ३२ हजार ५९३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०६ मत प्राप्त गर्नुभयो । भने राप्रपाकी ईन्दिरा न्यौपानेले ५ हजार ४८६ मत प्राप्त गर्नुभएकाे
हेटौंडाको १९ वटा वडा मध्ये नेकपा एमालेले ९ वटा वडामा जित हासिल गरोको छ । भने, नेपाली कांग्रेसले ८ वटा तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एक÷एक वडामा जित हाँसिल गरेको छ । हेटौंडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ६७३ मतदाता रहेकोमा गत ३० गते सम्पन्न निर्वाचनमा ७३ हजार ४१४ मतदान गरेका थिए । मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयाे । श्रेष्ठका अनुसार आंशिक बदर मेयरमा १२ प्रतिशत थियो भने उपमेयरमा १८ प्रतिशत थियो । खसेको मतको ६१० मत पुर्ण बदर थियो ।
मकवानपुरका १० मध्ये ८ वटा पालिकामा गठबन्धन र दुई वटा पालिकामा एमालेले जित हासिल गरेको छ । भने, जिल्लाको १०२ वटा वडा मध्ये नेपाली कांग्रेसले ४४ वटा, एमालेले ३३ वटा, माओवादी केन्द्रले २४ वटा र नेकपा एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको छ ।