काठमाडौँ — काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन् । धितालले ५ सय १२ मत ल्याएर विजयी भएका हुन्। धितालले नेकपा एमालेका राजेन्द्र खड्कालाई ३८ मतान्तरले पराजित गरे । खड्काले ४ सय ७४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका नवराज भण्डारीले ३ सय १२, नेकपा एकीकृत समाजवादीका रवि श्रेष्ठले २ सय ७४ र राप्रपाका अशोक जिसीले ८३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । वडा सदस्यमा एमालेका नवीन श्रेष्ठ ८ सय २, वुद्धिमान लामा ७ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा एमालेकी चण्डिका रैलाले ८ सय ३० र दलित महिला सदस्यमा शर्मिला नेपालले ८ सय ३२ मत प्राप्त गर्दै विजयी भएकी छिन् । यसअघि वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा र वडा नम्बर २ मा एमालेका राजेन्द्र श्रेष्ठ विजयी भएका हुन् । बूढानीलकण्ठ नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ ।











