मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको जारी मतगणनामा रोचक परिणाम आउने क्रम रहेको छ । जारी मतगणना अन्तरगत साँझ ७ बजेसम्म २६१८ मत गन्दा मेयरमा गठबन्धनकि मीना लामा १ मतले पछाडी हुनुहुन्छ ।
२६१८ मत गन्दा मेयरमा गठबन्धनकी मीनाकुमारी लामा (कलम) ७८५ र एमालेका अनन्त प्रसाद पौडेलले (सूर्य) ७८५६ मत प्राप्त गर्नु भएको छ । यस्तै राप्रपाका दीपकबहादुर सिंह (हलो) ले ७२० मत प्राप्त गर्नु भएको छ । यस्तै उपमेयरमा गठबन्धन राजेश बानियाँ (रुख) ११५१, एमालेकी सुमित्रा काफ्ले (सूर्य) ९४३ र राप्रपाकी ईन्दिरा डल्लाकोटी (हलो) ले १८५ मत प्राप्त गर्नु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा वडा नम्बर १,२, १८ र १९ नम्बरको मतगणना जारी छ । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।









