हेटौंडा – मकवानपुरको राक्सिराङमा मतगणना जारी रहेको छ । हालसम्म १ नम्बर वडामा ४ सय मत गणना गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धन (कांग्रेस)बाट अध्यक्षका उम्मेदवार राजकुमार मल्लले २०५ मत प्राप्त गर्नुभएको छ । यसैगरि,नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार बाबुलाल स्याङ्तानले १४५, नेकपा (एकिकृत समाजबादी) का कृष्ण बहादुर प्रजाले ४ मत र जनता समाजवादी पार्टी नेपालका यसकुमार प्रजाले २ मत प्राप्त गर्नु भएको छ ।
त्यसैैगरि,उपाध्यक्षमा माओवादीबाट बनस्तम थिङले १६६ र एमालेबाट सुन्तलिमाया प्रजा १५६ मत प्राप्त गर्नु भएको छ । यस्तै, १ नम्बर वडा अध्यक्षमा एमालेका बाबीराम मुक्तान १४४, कांग्रेसका सिंग राम ब्लोन १२८ र माओवादीका जोग मान थिङले १११ मत प्राप्त गर्नुभएको छ ।