हेटौंडा÷नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेद्वार बनेका अनन्त पौडेलले नेकपा एमालेको जीत सुनिश्चित भएको दावी गरेका छन् । सोमवार हेटौंडा–४ नम्वर वडाको घरदैलो कार्यक्रममा सहभागी हुदै मेयरका उम्मेद्वार पौडेलले हेटौंडा उपमहानगरमा एमाले उम्मेदवारहरुको जीत सुनिश्चित रहेकाले उच्च मनोेबलका साथ प्रचारमा उत्रन आग्रह गरे ।
“हाम्रा उम्मेदवारहरुको व्यक्तित्व, कार्यशैली, विकास र समृद्धिको खाका स्पष्ट भएर जनआकर्षण व्यापक छ । जनताको विश्वास र भरोसा पनि एमालेसँग नै रहेको छ” पौडेलले भने । एमालेका नुन खाएर बैरीका गुण गाउँने उम्मेद्वारहरु हाम्रा बिचमा आइरहेका छन् । अनि सँगसँगै हामीसँग पराजित भएपछि १० वर्षपछि काठ्माण्डौमा आछ्यान लाएर सुतेका मान्छेहरु अहिले उठेर हाम्रोबिचमा उम्मेद्वारी दिन आएका छन् । पौडेलले भने । ’
उनले जनताहरुलाई साडी बाँडेर पैसा बाँडेर चुनाव िजित्ने अपेक्षाले आउँदै गरेको भन्दै कुनैपनि भ्रममा पर्न आग्रह गरेका थिए ।
उनले कर्राडोरको विकासका लागी पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउदै कच्ची सडकहरु पक्की सडकमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
घरदैलो कार्यक्रममा वडाअध्यक्ष उम्मेद्वार नविन सिग्देलले ४ नम्वर वडा समृद्ध बन्ने बताउँदै सुर्यचिन्हमा मतदान गर्न गरेका थिए । कार्यक्रममा नेकपा माओवादी परित्याग गरी देवराज रिमालसहित २० जनाले कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।