कैलाश / कैलाश गाउँपालिकामा एमालेका उमेद्वारलाई जिताउन प्रचार–प्रसारलाई तीव्र पारिएको छ । प्रचार–प्रसार संगै गाउँँ–गाउँँमा कोणसभा समेत आयोजना गरिएको छ । कैलाश—२ को ऐबुङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कैलाश गाउँपालिका अध्यक्षका उम्मेद्वार नरेन्द्र लाल रिजालले गाउँको विकास एमालेको स्थानीय सरकारले मात्र गर्ने बताउनु भयो ।
पाँच वर्षसम्म एमालेको स्थानीय सरकार हुँदा गाउँमा सडक, शिक्षा, स्वास्थ्यको स्तर वृद्धि भएका भन्दै अझै अधुरा कामहरु विकास गर्नको लागि अबको निर्वाचनमा एमालेको उमेद्वारलाई मत दिनुपर्ने बताउनु भयो । नेपाली कांग्रेसले जितेको वडामा एमालेको लहर छाएको भन्दै राम्रो काम गरको भए काँग्रेस हुनुपर्ने तर एमालेले लहर भएकाले यस वडा एमालेमय हुने बताउनु भयो ।
त्यस्तै कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले विजय प्राप्त गरेपछि ५ वर्षमा आफनो पार्टीले गरेका विकास निर्माणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले टोल टोलमा देखिएका समस्यालाई जनस्तरबाट बुझ्ने भन्दै निर्वाचन पछि ती समस्यालाई पुर्ण गर्ने लागि पर्ने बताउनु भयो । उहाँले थोरै बोल्ने, धेरै गर्ने मेरो प्रतिबद्धता सहित तपाईहरुको बिचमा आएका छौँ,सुर्य चिन्हमा एक पटक भोट दिएर विकास गर्ने मौका दिन आग्रह समेत गर्नुभयो ।
नेकपा एमाले वडा कमिटी कैलाश गाउँपालिका वडा नम्बर १ को चामाखर्क पनि कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको युवा नेता तथा पुर्व जिल्ला कमिटि सदस्य महेश चेपाङले बताउनु भयो । यता कैलाश ६ मा भएको कार्यक्रममा स्थानिय पार्वती आलेमगरले आफूले भोट दिएर जिताएका जनप्रतिनिधिले गाउँको बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त राखेका बताउनु भयो । आलेमगररले भन्नुभयो,‘हामीले मत दिन्छौँ, उनीहरुले हामीलाई विकास दिनुप¥यो ।’ त्यस्तै कैलाश गाउँपालिकाका जिल्ला सदस्य सानुभाई बिष्टले नजिकिंदै जाँदा एमालेलाई आम मतादाताबाट धेरै नै सकारात्मक प्रतिक्रिया र साथ आइरहेको बताउनु भयो । नेता बिष्टको अनुसार पार्र्टीका आफ्ना उमेद्वारले कैलाशको वडा नम्बर १ ,२ , ५ र ६ को विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको गरेको छ ।