मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार अनन्त पौडेलले हेटौंडा विकासको रफ्तार बढाउन एमाले नेतृत्व आवश्यक भएको बताएका छन् । हेटौंडा १२ मा आज भएको चुनावी सभाहरुलाई सम्बोधन गर्दै उनले एमालेलाई नेतृत्वबाट हटाइएपछि ठप्प भएको विकासमा गतिदिन आफूहरुको उम्मेदवारी रहेको बताएका हुन् ।

No description available.

विगतमा एमालेले गरेको विकासमा इट्टा थप्ने योजना बोकेर स्थानीय स्तरमा एमाले समस्या बुझ्न र समाधानको लागि सल्लाह लिन टोलटोल आएको उनले बताए । आसन्न स्थानीय तहको निर्वाचनमा एमाले आफैं दैडेर पहिलो हुने पार्टीको रूपमा अघि बढेको उनले बताए । एमालेले जिताएर पठाएको व्यक्ति अहिले एमालेकै विपक्ष रहेको लाजमर्दो अवस्थाको प्रसङगमा उनले भने “जसको नुन खायो उसैको विरुद्धमा लाग्ने, साँघुरा मन भएकाहरुले फराकिलो हेटौंडाको विकास कसरी गर्छन ?”“घरदैलोको क्रममा जहा जहा पुग्दा पनि हामीले धेरै माया पाएका छौ, हामी चुनावी दौडमा मात्रै घरदैलोमा हैन,सधै तपाईहरूका साथ हुने छौ” उनले भने “जनताको आंगन र चुलोसंग जोडिएको योजनाहरू बोकेर आएका छौ ।”

No description available.

कार्यक्रममा एमाले सरकारले हेटौंडालाई प्रदेशको राजधानी बनाएको उनले बताए । शहरिया गरिबिको तथ्यांक संकलन गरेर उनीहरूको जीवनस्तर उकास्ने योजना रहेको उनले बताए । वडाको अधुरा विकास पुरागर्ने एमाले सरकारले पहिलो प्राथमिकता दिने उनले बताए । यसैगरी हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार रहेकी सुमित्रा काफ्ले कृषिको विकासमा फड्क्क मार्न आतुर रहेको बताइन् । हेटौंडा १२ को विभिन्न टोलहरुमा भएको कार्यकर्ता भेटघाटमा काफ्लेले पदमपोखरीलाई व्यवस्थित शहरीकरणको रुपमा अगाडि बढाउने सोचमा एमाले रहेको बताइन् । “यहाँको माटो देखेर म लोभिएको छु, यो कृषिको उर्वर भूमि हो, आय आर्जन बढाउन व्यवसायीक कृषिबाट अगाडि बढाउने योजना हामी बनाउँने छौ” काफ्लेले भनिन् ।

No description available.

सामूहिक कृषि खेति, सामूहिक उद्यमको लागि एमालेको नेतृत्वले पहल गर्ने उनले बताइन् । “यो मलोलो माटोमा कृषि पर्यटनको संभावना खोज्ने छौ, कृषि र पर्यटनलाई जोडेर अघि बढ्ने छौ” उनले भनिन् “कृषि व्यवसायलाई बीमाबाट निर्धक्क बनाउने छौ ।” यसैगरी शिक्षामा गुणस्तरीयता, महिला तथा युवाको सशक्तिकरण, निशुल्क स्वास्थ सेवा, पिउने पानीमा एमाले नेतृत्वले काम गर्ने काफ्लेले बताइन् । आफूहरु चुनाव नजिक आएकोले मत माग्नभन्दा पनि स्थानीय स्तरको समस्या र समाधानको लागि सल्लाह गर्न आएको उनले बताइन् । एमाले महानगरको अवधारणा लिएर सोहि अनुरूपको विकासमा लागि परेको बताउँदै काफ्लेले भनिन् “सिङ्गो नगरको विकासको लागि पार्टीले खास खास योजनाहरु बनाएको छ, यहाँहरुको सल्लाह, सुझाव र निर्देशन अनुसार कार्यान्वयन गरिने छ ।

कार्यक्रममा नेकपा एमालेबाट हेटौंडा १२ को वडा अध्यक्षको उम्मेदवार राजेश नगरकोटीले आफू यहाँको स्थानीयवासी भएकोले पनि यहाँको समस्या भिजेर हुर्केको भन्दै अभिभावकत्वको जिम्मेवारी दिन स्थानीयलाई आग्रह गरे । यसैगरी कार्यक्रममा एमाले जनवर्गीय संगठन सदस्य आरती पाठकले चुनावमा कुनै पार्टीलाई हराउने भन्दा आफू जित्न लागिपरेको बताइन् । कार्यक्रम वडा अध्यक्ष बखानसिंह घलानको अध्यक्षतामा भएको थियो ।