हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर–१६ हटियामा माटो परिक्षण प्रयोगशाला स्थापना गरेर आजबाट संचालनमा ल्याएको छ । माटो परिक्षण प्रयोगशालाको उपमहानगरपालिका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो ।

उपमहानगरको एक मात्र माटो परिक्षण प्रयोगशालामा किसानहरुले आफ्नो खेत बारीको माटो परिक्षण गर्न सक्ने मेयर महतले बताउनुभयो । प्रयोगशालामा पहिलो चरणमा पाँच लाख बराबरको प्राविधिक सामाग्रीहरु एवं आवश्यक केमिकलजन्य सामाग्री खरिद गरि माटो परिक्षणको लागि एक प्राविधिकको व्यवस्था गरिएको छ । वडाअध्यक्ष रामकृष्कोईरालाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायतको आतिथ्यता रहेको थियो ।