मकवानपुर – नेकपा एमालेका केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तह निर्वाचनपछि एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने बताउनुभएको छ । १३३औं मे दिवसको अवसरमा आइतबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले देशव्यापी रुपमा जित्ने बताउनुभयो ।
उहाँले देश र जनता बिरोधिहरुलाई जनताले ठेगान लगाउने बताउनुभयो । उहाँले एमालले जितेमा मात्र जनता र देशको विकास सम्भव भएको भन्दै एमालले कुनै पनि हालतमा जित्नु पर्ने र जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो । गठबन्धन कुनै पार्टी नभएको दाबी गर्दै उहाँले सरकार बनाउने हैसियत अरु पार्टीमा नभएको धारणा समेत राख्नुभयो ।