मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) ले मकवानपुरमा सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी देखिएको बताउनुभएको छ । बुधबार मकवानपुरको कैलाश गाउँपालिकामा संस्थाले गरेका कार्यक्रमहरुको अनुगमनका क्रममा उहाँले पुर्ननिर्माण र जीविकोपार्जनको क्षेत्रमा संस्थाले गरेको कामहरु प्रभावकारी देखिएको बताउनुभएको हो ।

संस्थाले मकवानपुरको कैलाश गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकामा पुर्ननिर्माण र जिविकोपार्जनका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बुधबार कैलाश गाउँपालिकामा संथाले भुकम्प पुर्ननिर्माणका क्षेत्रमा संचालन गरेको कार्यक्रम मध्ये बल्क बनाउने तालिम तथा मिसिन वितरण, घर निर्माणमा गरेको सहयोग, विभिन्न तालिम संचालन गरेर कृषि क्षेत्रमा गरेको सहयोगको अनुगमन गरिएको थियो ।

सिसिडिएनले उक्त क्षेत्रमा घर बनाउनकालागि बल्क बनाउने तालिमकालागि सहयोग गर्नुका साथै भुकम्प प्रभावितको घर निर्माणकालागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै कृषि क्षेत्रमा तालिम प्रदान गर्नुका साथै बिउ बिजन समेत सहयोग गरेको पाईएको छ । संस्थाले गरेको कामबाट स्थानीय जनप्रतिनिधि देखि उपभोक्ता समेत खुसि भएको पाईएको छ । संस्थाले मकवानपुरमा भूकम्प पुर्न्निर्माणका विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिरहेको छ । यसै क्रममा भोली जिल्लाको थाहा नगरपालिकामा संचालित खानेपानी योजनालगायतको अवलोकन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

अनुगमनमा थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, कैलाश गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङ, भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठक, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जग्गनाथ दाहाल, भवन कार्यालयका विष्णु अर्याललयागत संस्थाका प्रमुखलगायतको सहभागिता रहेको थियो ।