मकवानपुर – फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले जातीय विद्वेश फैलाउने स्टाटस सामाजिक सन्जालमा पोष्ट गरेका छन् । उनको यो पोष्ट अमर्यादित भएको भन्दै सर्बत्र आलोचना भएको छ । मकवानपुर फुटबल संघका पदाधिकारीले समेत उनको अभिब्यक्त पदीय गरिमा बिपरित भएको बताएका छन् । खेलक्षेत्रको गरिमामय पोष्टमा रहेका जिम्मेवार ब्यक्ती नै जातीय विद्वेश फैलाउने गरि सक्रीय हुनु दुखद भएको खेलाडीहरू बताउँछन् । फुटबल संघका सचिब सुनिल लोप्चनले आफुले चाहेको उम्मेद्वारको पक्षमा लाग्ने स्वतन्त्रता सबैलाई भएपनि जातीय विद्वेश फैलाउने गरि सामाजिक संजालमा पोष्ट गर्नु उपयुक्त नभएको बताए । फुटबल संघका कोषाध्यक्ष अमृत लुङ्वाले अध्यक्षको गरिमा विर्सियर लामाले गरेको पोष्टबाट आफू स्तब्ध भएको बताए । उनले अध्यक्षलाई सामाजिक संजालबाट उक्त पोष्ट हटाउन सुझाब दिएको जानकारी दिएका छन् । फिफा रेफ्रि युनाल मल्ल रंगभेद जातीय विभेद जस्ता अभिब्यक्ती खेल क्षेत्रका पदाधिकारीलागि अशोभनीय रहेको बताउँछन्। खेलक्षेत्रले जातीय एकतालाई मजबुत बनाउने एन्फा बागमती प्रदेश सचिब दिपेन्द्र ढकालले बताए । तर खेल क्षेत्रका पदाधिकारीले नै जातीय सद्भाव भड्काउन नहुने उनको तर्क छ । उनको यो पोष्ट अमर्यादित भएको भन्दै सर्बत्र आलोचना भए पश्चात उनले सामाजिक संजालबाट स्टाटस भने डिलेट गरेका छन् ।