मकवानपुर– नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको आयोजनामा आज एक दिने नेतृत्व बिकास कार्यशाला आयोजना गरिएको छ । जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय समिति अध्यक्ष लक्षमण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
संगठनको सांगठनिक सक्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको प्रशिक्षणात्मक कार्यक्रममा प्रमुख अतिथि शर्माले मूख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । साथै कार्यशालामा कमला थापा, पद्मा पौडेल रमेश प्रसाद लामिछानेलगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ३ नम्बर प्रदेश सचिवालय सदस्य मोहन प्रसाद शर्मा, पूर्ण पुरी, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेल, किशोर बर्ताैला, लगायतकाको आतिथ्यता रहेको थियो । जिल्ला सचिव पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लाभरीका संगठनका विभिन्न तहका पदाधिकारीको सहभागिता रहेको थियो ।
कार्यशालामा संगठन जिल्ला समिति पदाधिकारीहरु, संगठनका स्थानिय तहका पदाधिकारिहरू , संगठनको तर्फबाट महासंघ जिल्ला समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि, संगठको तर्फबाट १० वटै स्थानिय माहासंघमा प्रतिनिधित्व गर्नुहुने पदाधिकारीलगायत करीब १ सय ५० जनाको सहभागिता रहेको थियो । संगठनको ५ महिने अभियान अन्तर्गत गरिएको प्रशिक्षणात्मक कार्यक्रममा आगामि कार्यक्रमका बारेमा जानकारी समेत प्रदान गरिउको थियो ।
संगठन ५ महिने अभियान अन्तर्गत पालिका स्तरिय बिस्तारित बैठक राख्ने, वडा कमिटि गठन गरि वडा भेला बोलाउने, सदस्यता नविकरणलाई तीब्र बनाउने, शिक्षकको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न प्रत्येक पालिकामा पालिकास्तरीय सूचना प्रविधि तालिम सञ्चालन गर्ने एवम् रचनात्मक कार्यक्रम गर्ने प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो ।