हेटाैंडा – नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, जिल्ला सचिवालय सदस्य बिरेन्द्र डिसी लगाएत ३ दर्जन नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छ्न् । आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि उहाँहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
अध्यक्ष पोखरेलले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गर्नु भएको हो । उहाँले मनहरी, राक्सिारङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेकोभन्दै पार्टी परित्याग गरेको बताउनुभयो । मकवानपुर जिल्लामा कुशल संगठकको रुपमा परिचित पोखरेलले आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरको मेयर पदमा दावी समेत गर्नु भएको थियो । तर, पोखरेललाई पछाडी पार्दै नेकपा (एस) मकवानपुरकी उपाध्यक्ष मीना लामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न सफल हुनु भएको थियो ।
उहाँसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीलगायत तीन दर्जन नेता कार्यकर्ताले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गर्नु भएको छ । उहाँहरुले पार्टिले गठबन्धनको नाममा हेटौंडालाई मात्र ध्यान दिएर जिल्लाभरको सबै स्थानीय तहका कार्यकर्तालाइ बिचल्ली बनाएको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो । आफ्नै पार्टिको मन्त्री समेत भएको जिल्लामा समाजवादीको हैसियत सकिएको उहाँहरुको भनाई छ । पोखरेल र डीसीसहितका पार्टी परित्याग गर्नेहरु नेकपा एमाले विभाजन पश्चात् नेकपा (एस)मा आबद्ध हुनु भएकाहरु हो ।

सम्बन्धितः नेकपा (एस) मकवानपुरका अध्यक्ष पोखरेलद्धारा राजिनामा