हेटाैंडा – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आसन्न स्थानिय निर्वाचनमा विजय हासिल गर्नु नेकपा एमालेको अर्जुनदृष्टि भएको बताउनुभएको छ । एमालेलाई पराजित गर्नका लागि ५ वटा दलहरु मिलेर गठबन्धन गरेपनि एमालेले स्थानिय चुनावमा अत्याधिक स्थानमा जीत हासिल गर्न केन्द्रित भएको उहाँको भनाई छ । एमालेले अब एताउता कतैपनि ध्यान नदिएर अबको अर्जुनदृष्टि निर्वाचनमा नै केन्द्रित रहने उहाँले बताउनुभयो ।

जेष्ठ नागरिक र बालबालिकाका अधिकार हितका निमित्त नेकपा एमालेले काम गरिरहेको भन्दै उहाँले नेकपा एमालेले जसरी अरु पार्टीले काम गर्न नसक्ने दाबी गर्नुभयोे । ‘‘जब नेकपा एमालेको सरकार बन्छ त्यति बेला मात्रै सरकारको अनुभुति जनताले गरेका हुन्छन् ।” उहाँले भन्नुभयो । मनमोहन अधिकारीको पालामा बनेको नेकपा एमालेको ९ महिने सरकार नै आजसम्म सबैभन्दा लोकप्रिय सरकार बनेको स्मरण गर्नुहुँदै उहाँले मुलुकको परिवर्तनका लागि, विकासका लागि, समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्नका लागि, सुशासनका लागि, जेष्ठ नागरिकदेखि बालबालिकाहरुको हितका लागि तथा विद्यार्थीको सुनौलो भविष्यको लागि अब देशमा नेकपा एमाले नै आवश्यक भएको बताउनुभयो । उहाँले सम्पुर्ण विद्यार्थीहरुलाई आफ्नो घर, समाजमा एमालेलाई जिताउन सक्रिय रुपमा लाग्न अनुरोध समेत गर्नुभएको छ ।

No description available.

अहिले गठबन्धनको सरकार बनेको ९ महिना हुँदा एउटा सिन्को भाच्ने काम नभएको र एमालेको सरकारले गरेका कामहरुलाई, योजनाहरुलाई खारेज गर्ने काम भइरहेकाले यिनीहरुलाई खबरदारी गर्नुपर्ने उहाँको भनाई थियो । २०७४ सालमा एमालेको सरकार बनेपछि धेरै विकासका काम भएको बताउनुहुँदै उहाँले आफ्नै पार्टीको सरकार गिराउन पार्टी फुटाएर खरानस् पार्टी निर्माण गरी अरुसँग गठबन्धन गर्न जाने गद्धारहरु अब हामी बिचमै भोट माग्न आउने भएकाले यिनीहरुलाई भोट नदिन समेत अपिल गर्नुभयो । अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौला, प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिव नविन सिग्देल, जिल्ला सचिवालय सदस्यहरु ईश्वर ढुङ्गाना, सुनिल मोक्तान, जिल्ला सदस्यहरु लगायतकाको आतिथ्यता रहेको थियो ।