मकवानपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले संचालन गरेको सुशासनको अभियान नरोकिने बताउनुभएको छ । सोमबार हेटौंडामा रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपाल अनलाइनको वार्षिकोत्सको उद्घाटन् गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
गृहमन्त्री श्रेष्ठले सरकार सुशासन, भ्रष्टाचारको अन्त्य, संविधानको सफल कार्यान्वयन र राजनीतिक स्थायित्व कायम गर्न प्रतिबद्ध भएर अगाडी बढिरहेको भन्दै यो अभियान नरोकिने बताउनुभयो । उहाँले सुशासनको अभियानलाई तुहाउन निकै तानावाना बुनीदै गरेको भन्दै भ्रष्टाचार र तस्करीकाविरुद्ध नियन्त्रणको प्रयास निरन्तर रुपमा चलिरहने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्दा तस्करहरुलाई पक्राउ गर्दा सरकार र गृहमन्त्रालयका विरुद्ध केही शक्ति लागिपरेको उहाँले आरोप बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले पहिले प्रहरी र गृहप्रशासनका कर्मचारी सरुवा गर्दा पनि निकै बेथिती रहेपनि अहिले नियम बनाएर मात्र सरुवा, वढुवा पदस्थापन गर्ने गरेको बताउनुभयो । पहिले देखिनै प्रहरीको सरुवा हुँदा हुने गरेका लेनदेन पनि अहिले सुन्यमा झारिएको उहँँको भनाईै थियो । गृहमन्त्री र गृहसचिबहरु हरेक दिन सुराकीका नाममा लिने हजारौ रुपैयाँ खारेज गरेर शुसासनको कामको सुरुवात गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मुक्तान लगायतकाको आतिथ्यता रहेको थियो ।