हेटाैंडा – आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगरले प्रमुख र उपप्रमुख पदका लागि दुई/दुई जना सिफारिस गरेको छ । प्रमुख पदका लागि बिष्णु प्रसाद ढकाल र शशीधर सुबेदीलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रत्यासी उम्मेदवारहरुबीच छलफलबाट सहमती जुट्न नसकेपछि उम्मेदवार टुङ्ग्याउन सहजकर्ताहरुलाई जिम्मेवारी दिन सबै उम्मेदवार सहमत भएको थियो । सहजकर्ताहरुको बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । अब जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा सिफारिस गरिनेछ । यसैगरि,एमाले थाहा नगरपालिकाले वडा नम्बर १, ३, ५, ७, ८, ९, ११ मा सर्वसम्मत उम्मेदवार टुङ्गो लगाइसकेको छ । १ मा प्रदिप प्रधान, ३ मा सुजन कुमार रायमाझी, ५ मा बिष्णु बहादुर गुरुङ, ७ मा शम्भु खत्री, ८ मा हेम थिङ, ९ मा विजय बलामी, ११ मा धनबहादुर गोलेसहित सबै वडामा सदस्यहरु निर्विरोध गरेका छन् । वडा नम्बर २ मा गुप्तबहादुर कार्की र मधुकर विक्रम श्रेष्ठ, ४ नम्बरमा रामराजा केसी र जितबहादुर थोकर, ६ नम्बरमा बिष्णु बहादुर बलामी, मनहरी भट्ट र फणिन्द्र नाथ सुवेदी, १० नम्बरमा हिराबहादुर गमाल र हरि गोपाली, १२ नम्बरमा मानबहादुर स्याङ्तान, राजेन्द्रकुमार लामा, मनन स्याङ्तान र युवराज गोलेको उम्मेदवारी रहेको छ ।