नाबालिका गायिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले तनहुँ जिल्ला अदालतको आदेश खारेज गरिपाऊँ भन्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । आज पलका तर्फबाट कानून व्यवसायीले तनहुँ जिल्ला अदालत थुनछेक आदेशविरुद्ध मङ्गलवार निवेदन दिनुभएको हो ।
पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ । पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले पल शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।











