रूस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताउनु भएको छ । “हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ । यो ढाँचाले समय र पैसाको बचत गरेको छ” मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गर्नु भएको छ । उहाँले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताउनु भएको छ।