हेटौंडा – मकवानपुर बहुमुखी क्याम्पसमा बीबीएम तथा बीबीएमा नयाँ भर्ना हुने विद्यार्थीको स्वागत तथा चौथो बर्षको पढाई पूरा गर्ने विद्यार्थीको बिदाई कार्यक्रम भएको छ । आइतबार एक समारोहका बीच स्वागत तथा विदाई कार्यक्रम भएको हो ।

विद्यार्थी सृष्टि बज्राचार्यको अध्यक्षता तथा क्याम्पस सन्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्याम्पस सन्चालक समितिका सदस्यहरु रघुनाथ खुलाल, वद्रिप्रसाद लम्साल, अशोक शाक्य, नवराज बिष्ट, राजीव सुवेदी, कृष्ण कुमार गुप्ता अग्रवाल, क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्यायलगायतकाे आतिथ्य रहेको थियो ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसको बीबीए तथा बीबीएम कार्यक्रमका संयोजक मधुकुमार सिंहले बीबीए तथा बीबीएम कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । भने, साेहि अवसरमा त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन कला पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्याम्पस सन्चालक समितिका अध्यक्ष एवम संविधानसभा सदस्य अनन्तप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि मकवानपुर बहुमुखी क्याम्पस उत्कृष्ट गन्तव्य भएको बताउनुभयाे । यस्तै संचालक समितिका सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले क्पाम्पसले प्राप्त गरेकाे उपलब्धी र नितजाले मकवानपुरकाे गाैरव बढाएकाे बताउनुभयाे । उहाँले क्पाम्पसलाइ थप उचाइमा पुर्याउन सबैले भुमिका निर्वाह गनुर्पर्ने धारणा राख्नुभएकाे थियाे ।











