मकवानपुर – वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम र लोकप्रिय गायक शिव परियार शनिबार हेटौंडामा सम्मनित हुनुभएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले बिजुली माया वनबाट जंगम र युवा संगीत पुरस्कारबाट परियारलाई सम्मानित गरेको हो ।
प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको एक लाख राशिको विजुलीमाया वनः राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक जंगमलाई र पच्चिस हजार राशिको युवा संगीत पुरस्कार–२०७८ बाट लोकप्रिय गायक परियारलाई पुरस्कृत गरेको हो । भीम विरागको १० औं स्मृती दिवसको अवसर पारेर प्रतिष्ठानले हेटौंडामा शनिबार एक सांगीतिक समारोहका बीच उक्त पुरस्कार प्रदान गरेको हो ।
हेटौंडा व्यवसायी÷समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गर्नु भएको हो । २०६४ साल देखी प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिदै आएको छ । भने भीमविराग युवा संगीत पुरस्कार–२०७८ शिक्षाप्रेमी निरा गोर्खालीले सौजन्य गर्नुभएको हो । पुरस्कार प्रदान पश्चात जंगम र परियारले आफ्नो सांगीगितक प्रस्तुती दिनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एल बि क्षेत्रीको प्रमुख अतिथ्यतामा वरिष्ठ संगीतकार जंगमलाई एक लाख नगद सहित दोसल्लाले पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।