मकवानपुर – हेटौंडामा शनिबार एकसाथ सात जना साहित्यकारहरुलाई सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरले शनिबार एक कार्यक्रमबाबीच एक साथ सातजना स्रस्टालाई सम्मान गरेको हो ।
संगमको सभाकक्षमा शनिबार एक समारोहका बीच १५ हजार ५ सय ५५ रुपैयाँसहित मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई सम्मान गरेको छ । यस्तै संगमले भेषनाथ अधिकारी स्मृति पुरस्कारबाट साहित्यकार मनोज भण्डारीलाई सम्मान गरेको छ ।
यस्तै सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कारबाट साहित्यकार दीपक गौतम , मंगलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कारबाट साहित्यकार रुकु कार्की र णकुमारी स्मृति साहित्य पुरस्कारबाट बालजागृति इङ्लिस बोर्डिङ स्कुलकी सुविज्ञा सुवेदी, शेषजङ्ग स्मृति कथा पुरस्कारबाट हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारी, मुक्क्ति–तारा साहित्य पुरस्कारबाट समीक्षक घनश्याम घिमिरेलाई सम्मान गरिएको साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले बताउनुभयो । संगमकी अध्यक्ष न्यौपानेको अध्यक्षता एवम् साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।