चितवन – बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–६ कि ६० वर्षीया चिजा नेपाली सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मध्यवर्ती क्षेत्रमा पर्ने डुमरिया पोष्ट नजिक घाँस लिन गएका बेला बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेपछि मृतको शव नजिकै बसेकोले निकुञ्जबाट हात्तीसहितको उद्दार टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय गीतानगरका प्रहरी नायव निरिक्षक ऋषि तिमिल्सिनाले बताउनुभयो । घटनाको मुचुल्का गरी शवलाई भरतपुर अस्पताल ल्याउने तयारी गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो ।