मकवानपुर – मकवानपुरमा बुधबार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४६ जनाको परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
२२ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ५ जनामा र २४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले ८३ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ७८ जना र संस्थागत आइसोलेसनमा ५ जना उपचाररत रहेको कार्यालयले जनाएको छ ।