फोटो-सुमित्रा काफ्लेको फेशबुक वालबाट

मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित पर्यटकिय स्थल शहिद स्मारक विकास समितिको अध्यक्षमा पुनः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल चयन हुनु भएको छ । शनिबार सम्पन्न समितिको १३ औं परिषद बैठक तथा अधिवेशनबाट मुख्यमन्त्री पौडेल सर्वसम्वत रुपमा अध्यक्ष चयन हुनुभएको हो ।
हेटौंडाको मुख्य पर्यटकिय गन्तव्यका रुपमा रहेको स्मारकमा शनिबार भएको परिषद् बैठक तथा अधिवेशनले मुख्यमन्त्री पौडेलको अध्यक्षतामा २७ सदस्य कार्यसमिति चयन गरेको हो । मुख्यमन्त्री पौडेल स्मारक बनेदेखि हाल सम्म करिव २५ बर्षदेखि अहिलेसम्म निरन्तर अध्यक्ष हुनुहुन्छ ।

अधिवेशनबाट समितिको सदस्यहरुमा रामेश्वर राना, अनन्त पौडेल, रामचन्द्र राई, मुनु सिग्देल, जुनेली श्रेष्ठ, बद्री लम्साल, अरुणराज सुमार्गी, माईकल रामचन्द्र अर्याल, सम्राट तुम्बाहाङ्फे, इन्द्र नेपाल, नवीन सिग्देल, मनोज सुवेदी, विष्णु ओझा, सुमित्रा काफ्ले, सुदर्शन अधिकारी, विष्णु खनाल, अक्कल रोक्का, अजित विडारी, बलराम अधिकारी, पद्मा पौडेल, शर्मिला डंगोल, गोविन्द अर्याल, बिश्वराज बानीया, बिष्णुगोपाल महर्जन र नर्मदा पोखरेललाई चयन हुनुभएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा खेमराज सापकोटा र अनुगमन समितिको संयोजकमा हिमप्रसाद पौडेललगायतलाई समेत निर्विरोध चयन गरेको छ । अधिवेशनले २७ सदस्य नयाँ कार्यसमिति चयन गरेपनि अन्य कार्यविभाजन भने सोमबार बस्ने बैठकले तय गर्ने बताईएको छ ।