संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख घुससहित पक्राउ गरेको हो ।
उपसचिव नेपालले प्याराग्लाइडिङको लाइसेन्स दिएबापत घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेको आयोग स्रोतले प्रशासनलाई दिएको जानकारी दिएको छ । उनलाई काठमाडौँ महानगरपालिका वडा नं. १ मनकामना मार्गस्थित होटेल अरण्यको कम्पाण्डबाट आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । थप विवरण आउने क्रम जारी छ ।