मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरले सोमबार जिल्लाकाे बागमती गाउँपालिकाे अनुगमन गरेको छ । स्थानीय तहहरुको वार्षिक योजना प्रगति, आर्थिक सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरण, सामाजिक सुधारलगायतका क्षेत्रमा भए/गरेका कार्यहरुको नियमित अनुगमन गर्ने क्रममा सोमबार बागमती गाउँपालिकाकाे अनुगमन गरेको हो । यस अघि जिससले आइतबार माैजदात काेषबाट निर्माणाधिन हेटाैंडा–१४ बदेलधाप, स्थित खानेपानी आयाेजनाकाे अनुगमन गरेकाे थियाे ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलगायतसंग हालसम्मको समग्र प्रगतिको अवस्थाका विषयमा जानकारी लिनुका साथै विभन्न आयोजनाको स्थलगत निरिक्षण समेत गर्नुभएको थियो । सो क्रममा उहाँहरुले गाउँपालिकाको गौरबको योजना अन्तरगतको निर्माणधिन माझि संग्राहालय, धरानचतरा राजमार्ग अन्तरगतको बागमती खोलामा निर्माणाधिन पुललगायत पालिकाका विभिन्न आयोजनाको अनुगमन गर्नुभएको थियो । सो क्रममा अनुगमन टोलीले स्थानीय तह स्वमुल्याङकन (लिजा) को बारेमा समेत जानकारी लिएको थियो ।

अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद सापकोटाले स्थानीय तहमा यो वर्ष कोभिडका कारण उपलब्धी कम भएको जानकारी दिनुभयो । उहाँहरुले हालसम्म गाउँपालिकाको ६० प्रतिशत योजना सम्झौता भईसकेको र ३० प्रतिशत सम्पन्न भईसकेको जानकारी दिनुभयो । यस्तै उहाँहरुले प्रदेशका योजनाहरु भने समन्वयको अभावका कारण कार्यानवयनमा समस्या रहेको बताउनुभयो । समन्वयको अभावमा एउटै प्रकृतिका योजनामा प्रदेश र स्तथानीय तहको लगानी हुने समस्या रहेको बताउनुभयो । अनुगमन टोलीमा जिसस सदस्यहरु देवराज रिमाल, सरिता विक, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल, प्रेससंयोजक बिवश अधिकारीलगायतको सहभागिता थियो ।