मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरेर सुरक्षित साथ चार्डपर्व मनाउन आग्रह गर्नुभएको छ । विजयादशमी लगायत आउँदै गरेको विभिन्न चाडपर्वका अवसरमा सुभकामना संदेश जारी गर्दै उहाँले सरकारद्वारा जारी गरिएका स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्णरुपले पालना गरेर चाडवाड मनाउन आग्रह गर्नुभएको हो ।
कोरोना महामारीको संक्रमण जोगाउने दायित्व सबै नागरिकले महशुस गरेर स्वास्थ्य सुरक्षा मापदण्डलाई प्राथमिकताका साथ अवलम्वन गरेर मात्र चाडवाड मनाउने क्रियाकलापहरुमा संलग्न हुन उहाँले अनुरोध गर्नुभएको हो । महामारीबाट आम जनसमुदायमा स्वास्थ्य र जीवनको रक्षा गर्ने चुनौती थपिएको, नागरिकको आर्थिक र सामाजिक जनजीवनमा नै प्रतिकुल प्रभाव पर्न गएकाले थप संक्रमण रोक्न सबैको सहकार्य आवश्यक रहने उहाँँहरुले बताउनुभएको छ । चाडपर्वको सांस्कृतिक महत्व जोगाउनका लागि सबैले सुरक्षित भएर घरघरमा बसेर पर्व मनाउन शुभकामना सन्देशमा आग्रह गर्नुभएको छ । उहाँले अनावश्यक रुपमा भिडभाड नगर्न र सुरक्षित साथ आफ्ना परिवार बिचमा मात्र दशैं मनाउन सन्देश मार्फत आग्रह गर्नुभएको छ ।