निशा गुरुङ/हेटौंडा
हेडम्वा र शक्ति स्वरुपिणी माता भुटनदेवी ऐतिहासिक तथा धार्मिक पृष्ठभुमिमा मानव बसोबासको लागि योग्य शहरको आधारभुत पुर्वाधार संरचना तथा भौतिक विकासको गतिमा अगाडि बढिरहेको हेटौंडा अधिराज्यका २ राष्ट्रिय राजमार्गहरु महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगमस्थलमा अवस्थित छ । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा नेपालको मध्य भागमा रहेको हेटौंडालाई २०२६ सालमा नगर पञ्चायत घोषणा गरिएको थियो ।
उपमहानगरपालिका २ सय ६१ वर्ग किमि क्षेत्रफल फैलिएर मकवानपुर जिल्लाको मध्यभागमा अवस्थित छ । उपमहानगरपालिकाको सिमानामा पुर्वतर्फ बकैया गाउँपालिका , पश्चिमतर्फ मनहरि गाउँपालिका , उत्तरतर्फ भीमफेदी गाउँपालिका , मकवानपुर गढि गाउँपालिका र दक्षिणतर्फ पर्सा जिल्ला र बारा जिल्ला छ । देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल हेटौंडामा अवस्थित छ । राजधानीबाट नारायणगढ हुदै २ सय ४४ कि.मि नौबिसे दामन हुदै १ सय ३२ कि.मी तथा राजधानीबाट जोड्ने द्रुतमार्ग हुदै ७६ कि.मि को दक्षिण दुरीमा अवस्थित रहेको छ । चुरे र महाभारत पर्वको फेदीमा अवस्थित , उष्ण तथा समशितोष्ण हावापानी , बागमती प्रदेशको राजधानी , मकवानपुर जिल्लाको सदरमुकाम , देशको तेस्रो ठुलो औधोगिक नगर , भारतसंगको प्रमुख नाका बीरगंज संग राजधानी जोड्ने एक मात्र द्धार हेटौंडा उपमहानगरपालिका हो ।
२०६८ को जनगणनाअनुसार उपमहानगरपालिकामा १ लाख ५२ ८ सय ७५ जनसंख्या रहेको छ जसमध्ये ७७ हजार ९ सय ११ महिला र ७४ हजार ९ सय ६४ पुरुष छन् । उमहानगरपालिकामा २०७६ को सर्वे अनुसार ३ लाख ८८ हजार ७५ घरधुरी रहेको छ । अनुमान १ लाख ९४ हजार ३ सय ७५ जनसंख्या रहेको उपमहानगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा कार्यन्वयनमा लागि पारित बजेट श्रोत अनुसार केन्द्रबाट ९८ करोड ४९ लाख ६९ हजार , प्रदेशबाट ५ करोड ८३ लाख ५२ हजार , आन्तरिकबाट बजेट ११ करोड ५७ लाख ३५ हजारमा जम्मा बजेट रकम २ अर्व २० करोड ६ लाख ७६ हजारमा खर्च रकम १ अर्व ३३ करोड ३ लाख ६९ हजार रहेको उपमहानगरपालिकाले बताएको छ । आव २०७६÷०७७ खर्च स्रोतअनुसार चालु १ अर्व ७ करोड ६६ लाख ४२ हजारमा खर्च रकम ८९ करोड २७ लाख ६८ हजार , पुजीगत बजेट रकम १ अर्व १२ करोड ४० लाख ३३ हजारमा खर्च रकम ४३ करोड ७६ लाख १ हजार रहेको उपमहानगरपालिकाले जनाएको छ ।
आव २०७६÷०७७ मा खर्च रकम कृषि÷पशुतर्फ १ करोड ३ लाख ४८ हजार , शिक्षातर्फ ५४ करोड ६६ लाख ५४ हजार , स्वास्थ्यतर्फ ६ करोड ८७ लाख ३४ हजार , पुजीगततर्फ ११ करोड १७ लाख ११ हजार , चालु प्रशासनिक तर्फ २ करोड १७ लाख ६३ हजार , महिला विकासतर्फ ३ करोड ७ लाख २८ हजार , प्रदेश सशर्ततर्फ २ करोड १६ लाख २६ हजार , प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ ७३ लाख ३० हजार , पुर्वाधार विकास कार्यक्रमतर्फ ३७ करोड ५८ लाख ७५ हजार खर्च भएको उपमहानगरपालिकाकी उपमेयर मिना लामाले बताईन् ।
आव २०७६÷०७७ मा हेटौंडा उपमहानगरपालिकाको योजना तर्फको प्रगति अनुसार सडक स्लाव ३१ हजार ५ सय ७५ मिटर कुल लागत ४० करोड ९५ लाख २ हजार , सडक स्तरीकरण ११ हजार ७ सय ४४ मिटर लागत २ करोड ३१ लाख ६६ हजार , सडक कालोपत्रे ११ सय १ मिटर लागत ८५ लाख ६० हजार , सडक नयाँ ट्याक ओपन १५ हजार ७ सय ४५ मिटर लागत ४४ लाख ९४ हजार , ग्रेभल २३ हजार ३ सय ६६ वटा लागत ८० लाख ७८ हजार , खानेपानी पुर्वाधार ९ वटा लागत ६० लाख ६० हजार , शैक्षिक पुर्वाधार २९ वटा लागत १ करोड ४६ लाख ६२ हजार , पर्यटन पुर्वाधार ६ वटा लागत ४६ लाख ३३ हजार , खेलकुद पुर्वाधार ८ वटा लागत २७ लाख ६९ हजार , गुम्वा निर्माण ८ वटा कुल लागत ६४ लाख १६ हजार रहेको उपमहानगरापालिकाले जनाएको छ ।
मन्दिर निर्माण ४३ वटा लागत १ करोड ४३ लाख ७३ हजार , अन्य पुर्वाधार ११ वटा लागत १ करोड ४८ लाख ९७ हजार , झोलुङ्गे पुल मर्मत १ वटा कुल लागत २ लाख ४१ हजार , मदरसा भवन १ वटा कुल लागत १६ लाख ३५ हजार , स्वास्थ्य पुर्वाधार ८ वटा कुल लागत २ करोड ८५ लाख ५३ हजार , तटवन्धन १० वटा लागत ११ लाख ३३ हजार , पुल १ वटा लागत ११ लाख ६ हजार , सिंचाई १ वटा कुल लागत १२ लाख ५ हजार रहेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले कार्यलय व्यवस्थापन तथा सुसासन सम्बन्धी अप्टिकल फाईबर नेटवरकिङ् गरि वडा बाट नै सेवाहरु प्रदान गरिएको , बार्षिक न्यायिक डबलि कार्यक्रम संचालन गरिएको , वेभसाईट , फेसबुक तथा अन्य सामाजिक संजाल मार्फत नियमित सुचना तथा जानकारी प्रदान गराइएको , मासिक रेडियो बालसिकाई कार्यक्रम संचालन गरिएको , आबधिक योजनाको लागि सेटलाईट ईमेज गरी बेस म्याप को कार्य अगाडि बढाइएको , मुख्य बजार क्षेत्रको सुरक्ष्ाँको लागि ४० सि सि क्यामेरा जडान गरिएको उपमहानगरका मेयर हरि बहादुर महतले बताएका छन ।
उपमहानगरपालिकामा न्यायिक समितिमा परेको मुद्धा संख्या १ सय ४२ , अघिल्लो बर्षबाट जिम्मेवारी सरेका मुद्धा संख्या २९ , कुल मुद्धा संख्या १ सय ७१ , मेलमिलाप हुन नसकेको मुद्धा संख्या २६ , छिनोफानो गर्न बांकी रहेको मुद्धा संख्या ६३ वटा रहेको उपमेयर लामाले बताईन् ।
उपमहानगरपालिकाका वडा तथा स्तरीय बजेट कार्यक्रम व्यवस्था भएका सामाजिक कार्यक्रम अन्तर्गत कुल योजना १ सय ४३ रहेको छ जसमध्ये २ हजार ९ सय ७१ जना लाभान्वित भएका छन् ।
उपमहानगरपालिका बाट सामाजिक सुरक्षा जेष्ठ नागरिक भत्ता प्राप्त गर्नेहरुको संख्या ५ हजार ५ सय ५७ , जेष्ठ नागरिक दलित भक्ता प्राप्त गर्नेहरुको संख्या ३ सय ८५ , एकल महिला भत्ता प्राप्त गर्नेहरुको संख्या ४ हजार ५६ , अति अशक्त , अपागं भत्ता प्राप्त गर्नेहरुको संख्या ३ सय ८६ , पुर्ण अशक्त , अपागं भत्ता प्राप्त गर्नेहरुको संख्या १ सय ८१ , वाल पोषण प्राप्त गर्नेहरुको संख्या ५ सय ४० रहेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले क्वारेन्टाईन संचालन गरी आईसोलेसनमा कर्मचारीहरु पठाई सहयोग गरेको , संक्रमित तथा संकास्पद व्यक्तिहरुको स्वाव कलेक्सन गरेको , आरडिटि प्रत्येक वार्डमा गई कन्ट्रयाक्ट ट्रेसिङ् गरेको , होम आईसोलेसनमा बसेका व्यक्तिहरुलार्ई सहयोग गरेको , आयुर्वेदिक औषधि वितरण गरेको , सामाजिक दुरी कायम का साथै माक्स सेनिटाईजर प्रयोग गरी आफु र परिवार सुरक्षित होउ भनि प्रचार प्रसारको लागि माइकिङ् गरेको , संक्रमित स्थानहरुमा स्प्रे गरेको , नगर प्रहरी पहिचान गरी लगडाउनको पालना गर्नको लागि सहयोग गरेको , प्रत्ेयक वार्डमा सुत्केरी तथा विपन्न वर्गका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण गरेको । पोजेटिभ व्यक्तिहरुलाई एम्बुलेन्सको सहायताले आईसोलेसन सम्म लाने व्यवस्था भएको उपमहानरपालिकाले बताएको छ ।
उपमहानगरपालिकाका प्रगति
तोकिएका वडाहरुमा दुबै संस्थाहरुले उधम विकास तथा व्यवसाय योजना निर्माण तालीम लिएकामध्येबाट कुल ४०० जनालाई छनौट गरी देहायका विषयमा छोटा तथा लामा अवधिका सीपमुलक तालीम प्रदान गरिएको र तालीम पश्चात उधम समुह दर्ता गरी समुहालाई उपमहानगरपालिकाबाट उधम , व्यवसाय प्रारम्भ गर्न प्रविधि सहयोग उपलब्ध गराइएको उपमेयर लामाले बताएकी छिन् । मेवा खेती तालीम ३५ जना , टनेल खेती तालीम ७१ , केरा खेती तालीम ५५ , फुल खेती तालीम ३० , अटो मेकानिक्स तालीम महिला २० जना , फाइवर व्याग बनाउने तालीम २० , एकीकृत बिधुतीय सामान मर्मत तालीम १० , घरेलु खाजा बनाउने तालीम १५ , कृषिजन्य बस्तु व्यापार तालीम १५ , व्यवसायिक कागती खेती ५० जना , कफी खेती २५ , होमस्टे १० घर , मोवाइल मर्मत तालीम १० , स्यानेटरी प्याड निर्माण तालीम १० ले लिएको उपमहानगरपालिकाले जनाएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सन्देशमुलक सुचना सामग्री छपाई , रेडियो सन्देश प्रशारण , संस्थाका कार्यक्रमतर्फका कर्मचारीहरुके क्षमता विकासका लागि तालीम कार्यक्रमहरु , समन्वय बैठक , बैदेशिक रोजगारीमा असजिलामा परेकालाई परामर्श एवं समन्वय र केश रिफर , रिटर्नी स्वयंसेवकबाट घरभेट कार्यक्रम एवम् सुचना प्रवाह , आप्रवासी श्रोत केन्द्रमा २० केस दताए ( ४ समाधान ) , टेलि परामर्श जस्ता कार्यक्रमहरु सेवा प्रदायक संस्था एकीकृत ग्रामीण सेवा केन्द्र मार्फत सञ्चालन गरिएको , उपमहानगरपालिका क्षेत्रमा सहमति लिई ( १८वटा ) समन्वयमा काम गर्ने २९ वटा संस्थाहहरुको नामावली रहेको उपमहानगरपालिकाले जनाएको छ ।
सामाजिक परिचालन सम्बन्धी टोलविकास संस्था आव २०७६÷०७७ मा नयाँ दर्ता संख्या ४१ , कुल टोल विकास ३ सय २६ , प्रक्रियामा रहेका २५ , उपहानगरपालिकाका १५ वटा वडामा युवा स्तरीय क्लव गठन भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकामा ६५ कि.मि अप्टिकल फाईबर जडान गरी आफनै नेटवर्क बाट वडाको सेवामा सुधार , शहरी सौन्दर्य व्यवस्थापन , सबै वडाहरुको सामाजिक सुरक्षा भत्ता वितरण बैंक मार्फत गर्न सम्झौता भैसकेको , नागरिकको सुबिधाको लागि वडा कार्यलय बाटनै एकीकृत सम्पत्ति कर लगाएत अन्य कर संकलन को व्यवस्था गरिएको उपमहानगरपालिकाले बताएको छ ।
उपमहानगरपालिकाका समस्याहरु
आवश्यकता अनुसार प्रयाप्त र र दक्ष जनशक्तिको कमि , केहि वडा कार्यलयहरु ऋाफनै भवन नहुँदा दैनिक सेवा प्रबाहमा असुबिधा , नागरिकमा बढ्दो सेवा सुबिधाको माग र आवश्यक पुर्वाधार निर्माणका लागि श्रोतको कमि भएको बताइएको छ ।