हेटाैंडा – यही कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइने भएको छ । छ महिनादेखि ५ वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ ।