मकवानपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानवपुरले स्थासडक बहस कार्यक्रम आयोजना गरेको छ । अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले अहिले गठबन्धनको सरकारले संविधान अनुसार हुनुपर्ने स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरी देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । त्यसको विषयमा आम विद्यार्थी, जनता, नागरिक समाजलाई कानुनका प्रावधानहरु के हुन् ? स्थानीय तहको निर्वाचन समयमै किन हुनुपर्ने हो र यदि समयमा निर्वाचन भएन भने त्यसको परिमाण के आउँछ ? भन्ने कुरा प्रकाश पार्न सडक बहस कायृक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा कानुनव्यवसायीहरुले स्थानीय तहको निर्वाचनको मिति सार्ने कुरा संविधान र कानुन विपरित रहेको बताउनुभएको छ । निर्वाचनको अपरिहार्यता छ भन्ने कुरा स्वयम् सरकारलाई थाहा नहुने कुरा नहुने बताउनुहुँदै कानुन व्यवसायिहरुले गलत स्वार्थलाई पुरा गर्नका लागि अनावश्यक व्याख्या गर्न जरुरी नरहेको बताउनुभएको छ । आवधिक ढङ्गले निर्वाचन गर्ने कुरामा कुनै व्याख्या गर्नुपर्ने कुरा नरहेको उहाँहरुको भनाइ छ । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, कानुन व्यवसायी मुकुन्द अधिकारी, ध्रुबप्रसाद चौलागाई र मदन दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायत विद्यार्थी नेता, कार्यकर्ताहरुको उपस्थिति रहको थियो ।