file photo

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालमा मनाईने विभिन्न चाडपर्वले हाम्रो धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बद्र्धन गर्न महत्वपूर्ण योगदान गर्ने बताउनुभएको छ । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना जारी गर्नुहुँदै प्रमुख शर्माले चाडपर्वले नेपालको सभ्यताको संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने आफूलाई दृढ विश्वास रहेको उल्लेख गर्नुभएको छ ।
तामाङ समुदायले हर्षोलाशपूर्ण वातावरणमा मनाउँने २८५८ औं ताक ल्हो (सोनाम ल्होछार) पर्वका अवसरमा प्रदेश प्रमुख शर्माले यो पर्वलाई पनि हामी हाम्रा अन्य चाडपर्वहरुझैं एउटा महत्वपूर्ण पर्व मानिने गरिएको उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले भन्नुभएको छ, ‘तामाङ समुदायले चलाई आएको पञ्चाङ्ग अनुसार आजबाट एउटा वर्ष पूरा भई अर्को वर्ष सुरु भएको छ । यो नववर्ष ‘सोनाम ल्होछार’ ले हामी सबैका लागि सुख, शान्ति र समृद्घि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’
यस्तो छ प्रदेश प्रमुखबाट जारी शुभकामना सन्देश